breakingसमाचारविचारवी पी विचार

जेठ १४ गतेको सिसिटिभी फुटेज रिकभर, समिति सदस्य भन्छन्- हामीले केही बुझेनौँ

फाइल तस्बिर।

काठमाडौ

– प्रहरीकोे फरेन्सिक ल्यावले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुजेट रिकभर भएको रिपोर्ट दिएको छ।

मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो। रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए।

देश सञ्चारसँग कुरा गर्दै ती सदस्यले भने, ‘रिपोर्टमा अर्थमन्त्रालयको जेठ १४ गते कै भएको उल्लेख छ। रिकभर भएको फुटेज हामीले हेरौँ तर केही पनि बुझेनौँ। रिकभर भएको भनिएको फुटेजबाट मान्छे चिन्न सकिएन। प्रत्येक फुटेज दुई तीन सेकेण्डका मात्रै छन्।’

फुजेट ५० वटाभन्दा टुक्रामा हरेको समितिका ती सदस्यले जानकारी दिए।

फुटेज नबुझेपछि समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग आजै दिउँसो छलफल गर्ने भएका छन्। समितिका सचिव सुरेन्द्र अर्यालले अपरान्ह चार बजे बैठक बस्ने जानकारी दिए।

उनले भने, ‘फरेन्सिक ल्याबबाट डिभाइससहित प्रतिवेदन फिर्ता भएको छ। हामीले खोलेर हेरेका छौँ। त्यसमा भएका विवरणहरू प्राविधिक विषय भएकोले विश्लेषणकै क्रममा छ, अध्ययनकै क्रममा छ। ल्याबसँग सम्बन्धित विज्ञहरूबाट जानकारी लिनुपर्ने भएकाले यो बैठक स्थगित भएको हो।’

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थमन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो। समितिले छानबिन गरिरहेको छ।

घटनाबारे सत्यतथ्य पत्ता लाग्ने प्रमाणका रुपमा सिसिटिभी फुजेटलाई लिइए पनि यसको अध्ययन गर्न समितिलाई मुस्किल परेको छ। सुरुमा फुजेट दिन इन्कार गरेको अर्थ मन्त्रालयले बल्लबल्ल हार्ड डिस्क दिए पनि रिकभर रिपोर्टले थप अन्योलता थपेको समितिका अर्का एक सदस्यले बताए।

COPIED FROM DESH SANCHAR

nema
Show More

Related Articles

Back to top button