असार ८, २०७६ काठमाडौं ÷ भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्। लखनऊस्थित मुख्यमन्त्री कार्यालय (लोकभवन) मा नेपाली पत्रकारको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ। विश्वका हिन्दुहरूले नेपाललाई हिन्दुराष्ट्रका रूपमा चिन्छन्। दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ। नागरिक राष्ट्रिय दैनिक लेख्छ, नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरका हिन्दुको भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका एक सय करोड हिन्दुको तागत प्रयोग गर्नसक्ने आदित्यनाथको भनाइ छ। योगीले हिन्दु राष्ट्रमार्फत धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए। ‘पशुपतिनाथको दर्शन गर्न कहाँ जानेरु, नेपाल। मुक्तिनाथ कहाँ पर्छरु, नेपालमा’, उनले भने, ‘अन्य सांस्कृतिक धरोहर पनि नेपालमै छन्। विश्वका हिन्दुको यो तागतलाई धार्मिक पर्यटनको विकासँग जोड्न सकिन्छ।’ धर्म निरपेक्षता ब्रिटेनले समेत नमानेको भन्दै उनले धर्मनिरपैक्ष भने पनि मुलुकको पहिचान कहिँ न कहिँ धर्मसँग जोडिने उनको तर्क छ। नेपालले हिन्दु अजेण्डामा पुनर्विचार गर्ने उनको विश्वास छ।
Related Articles
Check Also
Close
-
‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ गतेबाट सुरु हुँदै
October 20, 2019