समाचार

कांग्रेस २००३ र २०१७ को जस्तै संकटमा छ : गुरुङ्ग

काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङ्गले वीपी विचार डटकमको प्रकाशन शुभारम्भ गर्नु भएको छ ।पत्रिका शुभारम्भ गर्दै उहाँले नेपाली कांग्रेसको नेतृत्व नसामा फेसेको मानिस जस्तै धएको बताउनु भएको छ । कांग्रेसले आज वीपीको सिद्धान्त, आदर्श र दशृन सबै भुलेको बताउनु भएको छ ।
कुनै पनि हालतमा कम्युनिष्टसंग मिलेर अगाडि बढ्न सकिदैन भन्ने आर्दश बोकेका पार्टीका कार्यकर्ताले आज हसिया हथौडामा मतदान गरिरहेको अवस्था रहेको उहाँले बताउनु भएको छ । अहिलेको कांग्रेस नेतृत्वले एकातिर मुर्दावाद अनि अर्को तिर जिन्दावादको शैलीमा वीपीलाई प्रयोग गरेको बताउनु भयो । गुरुङ्गले यति बेला नेपाली कांग्रेस २००३ र २०१७ सालमा जस्तै संकटमा रहेको बताउनु भएको छ ।
यस्तै समितिका सहसभापति गोविन्दराज जोशीले नेपाली कांग्रेसले समेत वीपीको महत्वलाई विर्सिसकेको बताउदै यस्तो अवस्थामा वीपीलाई आदर्शमान्ने केवी गुरुङ्ग लगाय हामीजस्ता मिलेर वीपी विचार राष्ट्रिय समाज गठन गरेर नै वीपीको आर्दश र दर्शन बचाउन खोजिरहेको बताउनु भयो ।”कांग्रेस सिध्याउने खेल भएको छ । कांग्रेस सिध्दियो भने प्रजातन्त्र सिध्दिन्छ । यसैले वीपीको विचारलाई जोगाउनका लागि अनलाईन पत्रिका नै प्रकाशनमा ल्याउनु परेको” जोशीले बताउनु भयो ।
शुभारम्भ समारोहमा बोल्नुहुदै समाजका महासचिव श्री विनयध्वज चन्द ले भन्नुभयो “वीपी कोइरालाको विचारलाई गाउँ गाउँमा रहेका कार्यकर्ताहरुको माझ पु¥याउनुपर्ने आवश्यकता भएको वर्तमान सन्दर्भमा वीपी को विचार र सिद्धान्त ओझेल मा परेको महसुस गरी हामीहरुले यो संस्थाको स्थापना गरेका हौ । र यो अनलान पत्रिका बाट वीपीको विचार गाउँ गाउँमा बसेका नेपाली काँग्रेसका कार्यकर्ताहरुले पाउन सक्नेछन् भन्ने हामीहरुको विश्वास छ । ”
समारोहमा कांग्रेस नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले कांग्रेस आफ्नो सिद्धान्तबाट च्यूत भएको अवस्थामा असली कार्यकर्ता चिन्तित हुनु पर्ने बताउनु भएको छ ।
समाजका संचार संयोजक रेवतीप्रसाद भूसालले वीपीको सिद्धान्तबाट अहिलेको नेतृत्व विचलित  भएको बताउँदै कांग्रेस जोगाउन असली कांग्रेसहरु सजग र सक्रिय हुनुुपर्ने बताउनु भयो ।   समारोहमा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कांग्रेस नेतृत्व वीपीको सिद्धान्तका बारेमा स्पष्ट नभएका कारण कार्यकर्तामा अन्योल छाएको बताउनु भयो ।

nema
Show More

Related Articles

Back to top button