समाचार

यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ

काठमाडौं, २१ वैशाख– सिण्डिकेटको पक्षमा देशव्यापी आमहड्ताल आह्वान गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन ।
सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटी मण्डपबाट पक्राउ गरेको जनाएको छ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशभर यातायात सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो । गृहमन्त्रीको निर्देशन बमोजिम नै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button