breakingसमाचारनेपाली कांग्रेस

वर्तमान नेत्रृत्वकै कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको छ ः के.वी गुरुङ

असार ३ गते ,
वी.पी विचार राष्ट्रीय समाज १ नं प्रदेश स्तरीय कार्यकर्ता भेला आज वी।पी। विचार राष्ट्रीय समाज मोरङ्गका सभापति प्रा। कविराज न्यौपानेको सभापतित्वमा विराटनगरमा सम्पन्न भएको छ ।भेलालाई लाई सम्वोधन गदै नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं वी।पी। विचार राष्ट्रीय समाजका केन्द्रिय अध्यक्ष कुल वहादुर गुरुङ्गले स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसंग पराजय भोग्नु बताउनुभयो ।
निर्वाचनमा भएको पराजयले नेपाली कांग्रेसले आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने गुरुङको ठहर छ ।
पार्टी पराजयका विषयमा केन्द्रिय समितिको यो वैठकमा समीक्षा भैरहदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्वन गरेको अहिलेको नीतिले होकि, हामीहरुको कार्यशैलिको कारणले हो वा नेतृत्वको अक्षमताले हो रु भन्ने विषयमा गम्भिर रुपमा छलफल हुनु पर्ने थियो, तर दुभाग्य त्यस तर्फ हाम्रो गंभीरता देखिएको छैन । अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वी।पी। कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको हो भन्ने मेरो निस्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिंदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुग्यांै भने कहिले उग्रदक्षिणपन्थीहरु संग । सिद्धान्त ,निस्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको सुरुवात कहाँवाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुराअवस्थामा आई पुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो रु यस तर्फ हामी कहिल्यै गंभीरु भएनौं । जारी केन्द्रीय कार्यसमितिको वैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराईसम्म पुगेर स्वतन्त्र एवम निष्पक्ष ढङ्गले समीक्षा गरी पार्टीलाई ¥प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छु । उहाले भन्नुभयो नेपाली कांग्रेसको यो अत्यन्त नै गंभिर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महासुस गरेको छु । वर्तमान चुनौतिका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र देशभरका निष्ठावान कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको बीरता र किसुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान मसंग अझै पनि जाँगर एवम आँट छ भन्ने कुरा देशभरका कार्यकर्ताहरूमा हार्दिक अपील पनि गर्न चाहन्छु । अन्तमा म जिवन पर्यन्त देश, नेपाली जनता र नेपाली काँग्रेसमा निष्ठापूर्वक सदा समर्पित रही रहनेछु ।
कार्यक्रममा वोल्नु हुदै नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री एवं वी।पी९ विचार राष्ट्रिय समाजका सह सभापति श्री गोविन्द राज जोशीले भन्नु भयो कागे्रस पराजयको कारण सैद्धान्तिक विचलन होकी कार्यशैलीको कारण हो वास्तविक कुरा कार्यकर्ताहरु समक्ष नआउदा सम्म र अव देखी त्यस किसिमका गल्ति नदोहो¥याउने प्रतिवद्धता नेतृत्वले नगर्दा सम्म कांग्रेसमा सुधार नहुने कुरा वताउनु भयो । उहाले सैद्धान्तिक विचलन र कार्यशैलीको कारण कांग्रेस यो अवस्थामा आई पुगेको पनि ठोकुवा गर्नु मयो । समाजका महा सचिव श्री विनयध्वज चन्दले चन्नु भयो कांग्रेसमा सैद्धान्तीक स्पस्टता नभएको कारण कांग्रेस यो अवस्थामा आई पुगेको वताउनु भयो ।अर्का नेता पुर्वमन्त्री लक्ष्मण प्रसाद घिमिरेले भन्नुभयो कांग्रेसले २०४८ साल देखि कहा गल्ति भयो भनेर मुल्याड।कन गर्नु पर्दछ भन्नु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याले समारोहमा उठेका कुराहरु पार्टिमा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपाली कांग्रेस मोरड।का सभापति डिक वहादुर लिम्वुले भन्नु भयो सरकार आफनै कायैले समाप्त हुदैछ , र हामीले आफु ठिक वाटो अवलम्वन गर्नु पर्दछ भननु भयो । समाजका केन्द्रिय सदस्य लोकेस ढकालले पार्टि नेतृत्वले गरेका कमिकमजोरीका कारण विगतको निर्वाचनमा कांग्रेसको पराजय भएको भन्नु भयो । अकौ वक्ता एवं वरीष्ट पत्रकार देव प्रकाश त्रीपाठीले वर्तमान संविधान वाट देशको विकाश पनि नहुने , देशमा शान्ति नहुने र प्रजातन्त्र पनि नरहने कुरा व्यक्त गर्नु भयो । नेपाली कांग्रेस तेह्रथुमका सभापति श्री गोविन्द ढुङ्गानाले पार्टि एकता वद्ध भएर लाग्नु पर्ने वताउनु भयो । विराट नगर महानगर पालीकाका प्रमुख भिम पराजुली ले भन्नु भयो विगतमा भएका कामहरुको समिक्षा गर्नु भन्दा अव कसरी कांग्रेसलाइ सुधार्ने तिर हामिहरुको ध्यान जानु पर्ने कुरा वताउनु भयो । पुर्व सांसद अशोक कोईरालाले सवै एक जुट भएर पार्टिलाई वलियो वनाउने कुरामा जोड दिनु भयो । समारोहमा विराट नगर पालीकाकी उप मेयर इन्दिरा कार्कीे ,वी।पी विचार राष्ट्रिय समाज उदयपुरका सभापति मदन कटुवाल, तेह्रथुमका सभापति गणेस घिमिरे ,धाधिङ्गका सभापति हरीभक्त त्रिपाठी वीपी विचार समाज विद्यार्थि विभागका संयोजक मित्र भटराईले पनि समाजको महत्वका वारेमा आफनो धारणा व्यक्त गर्नु भयो । समारोहको सुरुमा विपि विचार १ नं प्रदेसका सभापति श्री दिपक लोहनिले स्वागत मन्तव्य दिनु भएको थियो । समारोहमा १ नं प्रदेशका सवै जिल्लाका कांग्रेस सभापतिहरु र अन्य विसिस्ट व्यक्तीहरुको उल्लेख्य उपस्थिति थियो ।

nema
Show More

Related Articles

Back to top button