breakingसमाचारनेपाली कांग्रेस

सभामुख सबैको साझा हुनुपर्छ— काँग्रेस

१८ , साउन काठमाडौैँ÷ काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि माग गर्दा पनि समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थियो ।
मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ तर सभामुखले समय माग गर्दा पनि समय नदिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनले भने— सभामुख सबैको साझा हुनुपर्छ ।
काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक खाँणले टेलिफोनमा सभामुख कृृष्णबहादुर महरालाई आजको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी दिएका थिए । सो जानकारीपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो ।
काँग्रेसले संविधानका मौलिक हक कार्यान्वयनका लागि समय सीमाभित्र बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल गरेको छ । काँग्रेस संसदीय दलको बैठक शनिबार अपराह्न २ बजे पुनःबस्ने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button