समाचार

काठमाडौैँमा तरकारीको मूल्य ३ सय प्रतिशतसम्म बृद्धि

काठमाडौं, असोज १३ । बडादसैं नजिकिएसँगै बजारमा हरियो तरकारीको मूल्य अचाक्ली बढेको छ ।
पछिल्लो एक हप्ताको तथ्यांक विश्लेषण गर्ने हो भने कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि भएको पाइएको छ ।
कालीमाटी तरकारी बजारको यही असोज ६ गतेदेखि एक हप्ताको तथ्यांकअनुसार अधिकांश तरकारीको मूल्य ३० प्रतिशतले वृद्धि भएको छ ।
एक हप्तामा सबैभन्दा बढी पालुंगोको साग २०० प्रतिशतले वृद्धि भएको छ भने हरियो प्याजको मूल्य ६९ प्रतिशतले वृद्धि भएको छ ।
अरु तरकारीको मूल्य पनि ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यसै समयमा फलफूलकोसमेत मूल्य आकासिएको छ ।
बाटोको अभावमा तरकारी कुहिने तथा समयमै बजारसम्म नआइपुग्ने कारण मूल्यवृद्धि भएकाले वर्षा रोकिएपछि भने तरकारी तथा फलफूल सस्तो हुने व्यवसायीहरुले बताएका छन् ।
सर्लाही, बारा, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायतका क्षेत्रबाट काठमाडौं उपत्यकामा तरकारी भित्रिने गर्छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button