समाचारनेपाली कांग्रेस

सांसद उठाउनेलाई कारबाहीको प्रतिक्षामा मुलुक रहेको काँगे्रसको भनाई

१२ बैशाख, काठमाडौैँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा मुलुक रहेको बताउनुभएको छ । सरकारलआज गत सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उहाँले ट्विट गरेर सांसद ‘अपहरण’ मा संलग्न नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि कारबाहीको प्रतीक्षा भइरहेको बताउनुभएको हो ।
 
उहाँले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सम्पूर्ण ध्यान र शक्ति कोराना भाइरसविरुद्धको संघर्षमा केन्द्रित गर्न आग्रह गर्नुभयो । नागरिकको जीवन जोगाएपछि फुर्सदमा राजनीतिक विवाद गर्न सकिने शर्माको भनाइ छ । यसअघि आज नेविसंघले अध्यादेश फिर्ताको माग गदै देशभर प्रदर्शन गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button