breakingसमाचार

प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने

२२ फागुन
प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट लाग्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ को नामाकरणमा प्रतिपक्ष सहमत नभएपछि मतदान प्रक्रियामा जान लागेको बताउनुभयो ।
यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ । सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे सर्वसम्मतिको प्रयास विफल भएकोले मतदान प्रक्रियामै जान लागेको जानकारी दिनुभयो ।
प्रदेश २ मा समाजवादीका तर्फबाट ३०, राजपाका २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाका ३२, कांग्रेसका १९ र एकजना स्वतन्त्र सांसद रहेका छन् । प्रदेशको राजधानी भने जनकपुरधाम बनाउने निर्णय यसअघि भएको छ ।

nema
Show More

Related Articles

Back to top button